SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

नविन प्रविधि र साझेदारीमा जोड दिँदै बोशद्वारा ‘पावर पार्टनर्स समिट नेपाल–२०२६’ आयोजना

काठमाडौं : बोश नेपालले आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिसँगको सहकार्यमा ‘बोश पावर पार्टनर्स समिट नेपाल–२०२६’ कार्यक्रम सम्पन्न गरेको छ । असार १३ गते काठमाडौंमा आयोजित वार्षिक कार्यक्रममा देशभरका करिब १२० डिलर, रिटेलर र व्यावसायिक प्रयोगकर्ताको सहभागिता थियो ।डिलर तथा व्यावसायिक साझेदारसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनु, बजारसम्बन्धी अनुभव आदान–प्रदान गर्नु तथा बोश पावर टुल्सका नवीनतम प्रविधि र उत्पादन सार्वजनिक गर्नु कार्यक्रममा मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।