SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

मसाज सेन्टरमा विकृति पनि देखियो, नियमन गर्ने काम हुँदैछ : मन्त्री पौडेल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हचुवाको भरमा विमानस्थल निर्माण गर्दा राज्यलाई ठूलो नोक्सानी हुन सक्ने बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले विमानस्थललाई केवल यातायातको साधन मात्र नभई पर्यटन प्रवद्र्धनको माध्यम बनाउनु पर्ने भन्दै हचुवाको भरमा विमानस्थल निर्माण गर्दा राज्यलाई ठूलो नोक्सानी हुन सक्ने बताएका हुन् ।