SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

रास्वपा कार्यालय बनस्थलीमा दृष्टिविहीनहरुको प्रदर्शन

काठमाडौं : बिभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले रास्वपा कार्यालय बनस्थलीमा प्रदर्शन गरेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई आफ्ना मागका बारेमा जानकारी गराउन पार्टी कार्यालय बनस्थली पुगेका सडकपेटी आश्रित दृष्टिविहीनहरुले सभापति लामिछानेलाई भेट्न नपाएपछि आक्रोशित हुँदै प्रदर्शन गरेका हुन् । रास्वपा सभापति लामिछानेलाई भेट्न नदिएपछि जबरजस्ती कार्यालयभित्र खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो ।