रास्वपाले गठन गर्यो तीन आयोग, कुनको जिम्मेवारी कसलाई ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ । महाधिवेशनपछि पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदन भएको विधान अनुसार पार्टीका तीन वटा आयोगहरू गठन गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए ।उनले निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना भङ्ग गरी यसअघि नै जिम्मेवारीमा रहेकाहरुलाई पुनः जिम्मेवारी दिइएको बताए ।
