सात कारोबार दिनपछि उच्च अंकले बढ्यो सेयर बजार, ३ अर्ब ८६ करोडमाथिको कारोबार
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। अघिल्लो साताको सोमबारदेखि सेयर बजार निरन्तर घट्दै आएको थियो। यसदिन नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेको छ। यो १.७० प्रतिशत हो। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा झरेको थियो। त्यसअघि सोमबार परिसूचक १६.५४ अंकले घटेको थियो।आज नेप्सेमा वृद्धि भएसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ।
