SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

खोरभित्रै पसेर चितुवाले बाख्रा मार्यो

स्याङ्जा : स्याङ्जामा चितुवाले ६ वटा बाखा मारेको छ। खोरमा रहेका दुईवटा बोका हराएका छन्। कालीगण्डकी गाउँपालिका ७ बारीचौरका ४२ वर्षीय निमबहादुर थापाको बाख्राको खोरभित्र पसेर ६ वटा बाख्रा मारेको प्रहरीको भनाइ छ। खोरमा मंगलबार राती चितुवा पसेर ६ बाख्रा मारेको र २ वटा बोका हराएको प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।