SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

सबै उजुरीकर्तालाई सुनुवाईमा बोलाउन आवश्यक छैन : कविन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाईका लागि प्रस्तावित व्यक्तिविरुद्ध उजुरी दिने सबैलाई समितिमा बोलाउन आवश्यक नरहेको बताएका छन् । बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा आगामी सुनुवाई सम्बन्धी कार्यका लागि आन्तरिक तयारीबारे भएको छलफलमा बोल्दै उनले उजुरीकर्तालाई बोलाउने वा नबोलाउने अधिकार समितिका सभापतिको क्षेत्राधिकारभित्र राख्नुपर्ने धारणा राखे ।