SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

सांसदका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् ।