SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

इन्धनको मूल्य घटेलगत्तै काठमाडौंका निजी पेट्रोल पम्प बन्द

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्मको ठूलो कटौती गरेसँगै बुधबार काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरू ठप्प देखिएका छन्। निगमले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाउने निर्णय गरेपछि निजी व्यवसायीहरूले असन्तुष्टि जनाउँदै बिक्री रोकेका हुन्।