SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

नवलपरासीका स्थानीय तहको बजेट घट्यो

परासी : नवलपरासीमा रहेका सात स्थानीय तहले झन्डै ५ अर्ब ३० करोड बराबरको बजेट ल्याएका छन् । स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको कुल बजेट ५ अर्ब २९ करोड ९७ लाख रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा आगामी आर्थिक वर्षको बजेट ३६ करोड ८७ लाखले घटेको हो । चालु आर्थिक वर्षमा स्थानीय तहले कुल ५ अर्ब ६६ करोड ८४ लाख बजेट विनियोजन गरेका थिए । चार स्थानीय तहले चालु वर्षभन्दा आगामी वर्षको बजेट बढाएका छन् ।