SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

अमेरिकी र नेपाली सेनाबीच मुस्ताङमा युरेनियम उत्खननको सम्झौता भयो भन्ने हल्लामा सत्यता छैन : मन्त्री खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै सम्झौता नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।उनले प्राकृतिक स्रोत र त्यसको उपयोगका सम्बन्धमा नेपालको संविधानमा उल्लेख व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताए ।