SHARE
अन्नपूर्ण · बुधबार ४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

मध्यपुर थिमि नगरपालिका पनि नीलबाराही जोगाउने अभियानमा

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका पनि भोलिदेखि मध्यपुर थिमि नगरपालिका-९ स्थित ऐतिहासिक निलबाराही क्षेत्र जोगाउने अभियानमा जुट्ने भएको छ। काठमाडौं उपत्यकाकौ महत्वपूर्ण धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलको रुपमा परिचित वडा नम्बर ९ स्थित निलबाराही क्षेत्रमा विगत लामो समयदेखि गइरहेको पहिरो तथा भूक्षय रोकथाम तथा नियन्त्रण मन्दिरको संरक्षणका लागि विविध कार्यहरू गरिने भएको हो।