रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बनस्थलीमा
काठमाडौं : सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय समिति बैठक पार्टी मुख्यालय बनस्थलीमा सुरु भएको छ ।चितवनमा भएको प्रथम महाधिवेशनपछि आज पार्टी मुख्यालयमा केन्द्रीय समितिको पहिलो बैठक बसेको छ ।यसअघि पार्टी सभापति रबि लामिछानेले नव निर्वाचित केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए । रास्वपा पहिलो महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । रास्वपाको पहिलो महाधिवेशन असार ७ गते चितवनमा सुरु भएको थियो ।
