SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

सम्झौताका सबै बुँदा लागू नभएसम्म अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने इरानको अडान

तेहरान : इरानले समझदारी पत्रमा उल्लेख भएका सबै बुँदाहरू पूर्ण रूपमा पालना नभएसम्म अमेरिकासँग प्रत्यक्ष शान्ति वार्तामा नबस्ने स्पष्ट पारेको छ।यससँगै दुई देशबीच स्थायीरुपमा हुने भनिएकाे शान्ति सम्झौताको सम्भावना फेरि अन्योलमा परेकाे हाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका  ज्वाइँ जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ मध्यस्थकर्ताहरूलाई भेट्न कतार आइपुगे पनि  इरानले अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नगर्ने भएका हुन् ।