SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय समितिमा हेरफेर : श्रेष्ठ र शर्मा हटाइए, थापामगर र बाँस्तोला थपिए

काठमाडौं : सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यको निर्वाचन परिणाममा त्रुटि भएको भन्दै दुई जना केन्द्रीय सदस्यलाई हटाएर नयाँ दुई जनालाई थप गरेको छ।चितवनमा भएको महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यको सूचीबाट हटाइएको छ भने उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बाँस्तोलालाई थप गरिएको छ।असार ७ गतेदेखि ६ दिनसम्म चितवनमा रास्वपाको प्रथम महाधिवेशन भएको थियो।