SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

स्ववियु खारेजविरुद्ध १० विद्यार्थी संगठन आन्दोलित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएपछि १० विद्यार्थी संगठन र त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विरोधमा उत्रिएका छन्।उनीहरूले सरकार र विश्वविद्यालयको यो कदम सर्वोच्च अदालतको अन्तरिम आदेशको अवहेलना भएको दाबी गर्दै निर्णय तत्काल फिर्ता नलिए कानुनी, राजनीतिक र आन्दोलनका सबै लोकतान्त्रिक माध्यमबाट प्रतिरोध गर्ने चेतावनी दिएका छन्।