SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीको पीडा

काठमाडौं : वैदेशिक रोजगारीका लागि रोमानिया पुगेर गैरकानुनी रूपमा ग्रीस छिरेकी एक नेपाली युवती अस्पतालमा अलपत्र परेकी छन्। सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–८, चौताराकी विष्णु गुरुङ आवश्यक कागजात नहुँदा स्वदेश फर्कन नसकेकी हुन्।श्रम स्वीकृति लिएर रोमानिया पुगेकी विष्णुले त्यहाँ काम पाइनन्। त्यसपछि उनी अवैध बाटो हुँदै ग्रीस पुगेकी थिइन्। ग्रीस पुगेको केही समयमै उनी गम्भीर बिरामी परिन्। गत जेठ ४ गते ग्रीसको क्रेट आइल्यान्डमा अचानक बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।