SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

अमेरिका र रुसको तुलनामा चीनसँग कति परमाणु हतियार छन् ?

चीन : चीन आफ्नो परमाणु हतियार भण्डार र त्यससम्बन्धी रणनीतिबारे लामो समयदेखि निकै गोपनीय रहँदै आएको छ । चीनको आधिकारिक धारणा अनुसार उसको परमाणु नीति मुख्यतः आत्मरक्षामा आधारित छ । उसले निरन्तर ‘नो फर्स्ट युज अर्थात् ‘पहिले परमाणु हतियार प्रयोग नगर्ने’ नीतिमा जोड दिँदै आएको छ । तर, अर्कोतर्फ चीनले अमेरिका र रुससँग त्रिपक्षीय परमाणु हतियार नियन्त्रण वार्तामा सहभागी हुनुपर्ने मागलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।