SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

गुम्बाका अमूल्य सम्पदा चोर्नेविरुद्ध गाउँलेद्वारा किटानी उजुरी

गोरखा : गाउँका प्रचीन गुम्बाका बहुमूल्य सामग्री चोरिएको भन्दै उत्तरी गोरखाका स्थानीयबासीले अनुसन्धान गर्न किटानी उजुरी दिएका छन् । चुमनुब्री गाउँपालिका–४ नाम्रुङका प्राचीन नाम्ला गुम्बा, सतुल छ्योलिङ गुम्बा र पाङ्दाङ गुम्बाका बहुमूल्य सामान चोरी भएको भन्दै स्थानीयबासीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेका छन् ।गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर लेखिएको माग पत्रमामा शंकास्पद दुई जना व्यक्तिहरुको नाम किटान गरिएको छ ।