SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

घट्यो सुन-चाँदीको मूल्य, तोलाको बजार मूल्य कति?

काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा प्रतितोला सुनको मूल्य ६०० रुपैयाँले घटेर २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला सुन २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी,चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार प्रतितोला चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँ रहेको थियो।