SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

अफगानिस्तान र पाकिस्तानको तनाब खतरनाक मोडमा :  भारतको कडा प्रतिक्रिया

पाकिस्तान : अफगानिस्तान र पाकिस्तानबीचको तनाव फेरि एक नयाँ र खतरनाक मोडमा पुगेको छ । जुन महिनाको अन्त्यतिर भएको पाकिस्तानी आक्रमणको जवाफस्वरूप अब अफगानिस्तानले पनि प्रतिआक्रमण गरेको बताइएको छ ।अफगानिस्तानमा सत्तामा रहेको तालिबान सरकारले पाकिस्तानको सीमाभित्रै प्रवेश गरी ठूलो मात्रामा हवाई आक्रमण र ड्रोन स्ट्राइक गरेको दाबी गरेको छ । तालिबान प्रशासनका अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा रहेको इस्लामिक स्टेट खुरासानका आतंकवादी अड्डाहरूलाई सफलतापूर्वक निशाना बनाइएको हो ।