SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

इक्वेडरलाई पराजित गर्दै सहआयोजक मेक्सिको राउन्ड अफ १६ मा

काठमाडौं : फिफा विश्वकप २०२६ को अन्तर्गत इक्वेडरलाई पराजित गर्दै सहायोजक मेक्सिकोले राउन्ड अफ १६ मा स्थान बनाएको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले इक्वेडरलाई २-० ले पराजित गरेको हो।पहिलो हाफमा नै मेक्सिकोले इक्वेडर विरुद्ध २-० को अग्रता लिएको थियो। दोस्रो हाफमा कुनै पनि गोल भएन। मेक्सिकोले ४० वर्षपछि नकआउट चरणमा जित दर्ता गरेको हो। सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न नसकेको मेक्सिकोले घरेलु मैदानमा ऐतिहासिक जित दर्ता गरेको हो।