SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको कार्यकारी आदेश सर्वोच्च अदालतद्वारा खारेज

रोयटर्स : अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेशलाई असंवैधानिक ठहर गर्दै खारेज गरिदिएको छ। मंगलबार सार्वजनिक भएको फैसलाअनुसार अदालतले ट्रम्पको उक्त कदम अमेरिकी संविधानको १४औँ संशोधनविपरीत रहेको निष्कर्ष निकालेको हो।प्रधानन्यायाधीश जोन रोबट्र्ससहितको ६–३ को बहुमतले सुनाएको फैसलामा संविधानले केही सीमित अपवादबाहेक अमेरिकामा जन्मने हरेक व्यक्तिलाई नागरिकताको अधिकार सुनिश्चित गरेको उल्लेख छ।