भेनेजुएला भुकम्प : भगनावशेषबाट १८ दिनको शिशुसहित आमाको सकुशल उद्धार
भेनेजुएला : भेनेजुएलामा भूकम्पले भत्किएको घरको भग्नावशेषबाट आफ्नी १८ दिनकी नवजात सन्तानसँगै उद्धार गरिएकी एक आमाले आफ्नो छोराले आफूलाई कसरी जीवित रहन प्रेरित गर्यो भन्ने सुनाएकी छन् । डायना पाटिनोले आफ्ना छोरा जुआन डेभिडले आफूलाई ‘जागा रहन र हार नमान्न प्रेरित गरेको’ बताइन् । उनले भनिन्, ‘जबसम्म ऊ जीवित थियो, म पनि बाँच्नेछु भन्ने विश्वास थियो । म बारम्बार उसको नाक छोइरहेकी थिएँ, ऊ अझै सास फेरिरहेको छ कि छैन भनेर सुनिश्चित गर्न ।
