SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

बढ्यो बाढीको जोखिम, यी जिल्ला जोखिममा

काठमाडौँसहित २६ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढी महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार काठमाडौँ भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङमा बाढी आउने सम्भावना छ। झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी-पश्चिम, रुपन्देही, कपिलवस्तुमा पनि आज बाढी जोखिम देखिएको छ।