SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : महिला सहभागिताको ऐतिहासिक मानक, अन्य दलका लागि पनि शिक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिमा नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ । पार्टीको नयाँ केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित भएर आएका छन् । नेपालको राजनीतिक इतिहासमै सबैभन्दा ठुलो दलको केन्द्रीय समितिमा यति ठुलो सङ्ख्यामा महिलाको उपस्थिति हुनुलाई राजनीतिमा आएको सकारात्मक र सुखद परिवर्तनका रूपमा हेरिएको छ ।