अभिव्यक्ति स्वतन्त्रता भर्सेस डिजिटल अराजकता
इन्टरनेट र सामाजिक सञ्जालको विकासले संसारलाई डिजिटल गाउँमा रूपान्तरण गर्दै नागरिकको हातमा शक्तिशाली माध्यम थपिदिएको छ। यसले विचार अभिव्यक्तिको पुरानो बाध्यता हटाउनुका साथै सीमान्तकृतका आवाज बुलन्द गर्न, अन्यायविरुद्ध जनमत सिर्जना गर्न र संकटमा राहत तथा उद्धारका लागि अभूतपूर्व सहयोग पुर्याएर नेपाली समाजमा ठूलो परिवर्तन ल्याएको छ। सुरुमा सम्बन्ध जोड्ने माध्यम बनेको सोसल मिडिया अचेल मानसिक तनाव, घृणा र सामाजिक विद्वेष फैलाउने कारखाना बनेको छ।
