भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर
काठमाण्डु – नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ । भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी भदौ १३–१६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क चुनिखेलमा हुनेछ ।
