SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

सर्वोच्चले माग्यो महान्यायाधिवक्ता कँडेलको आवतजावतको अभिलेख

काठमाडौं : सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख झिकाई पेस गर्न आदेश दिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सन् २०१५ देखि २०२४ सम्म नेपालबाट बेलायत आवतजावत गरेको अभिलेखको प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई पेस गर्न सोमबार आदेश दिएको हो।सर्वोच्चले डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्ति गर्ने सरकारको निर्णयसहितको फाइल पेसीको दिन झिकाई फिर्ता लैेजाने गरी मगाउन पनि आदेश दिएको छ।