राजदूत आकांक्षीको नाम किन गोप्य ?
काठमाडौं : नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति गर्ने सरकारको प्रयास निर्णायक चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार रिक्त रहेका १३ देशका लागि राजदूत नियुक्त गर्न आह्वान गरिएको खुला आवेदनमा करिब ४ हजारभन्दा बढी आवेदन परेका छन्। तीमध्येबाट हाल २ हजार ७ सयलाई प्रारम्भिक छनोट गरिएको छ।परराष्ट्रमन्त्री शिशिर खनाल रास्वपा महाधिवेशनबाट फर्किएपछि राजदूत छनोटको प्रक्रियामा जुटेको मन्त्रालय उच्च स्रोतले बतायो।
