SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

मनसुनको लहर, देशैभरि असर

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले भनेको छ, ‘कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा बुधबार भारी वर्षाको सम्भावना छ।’ मंगलबार पूरै देशमा फैलिएको मनसुनले भारी वर्षा गराउने भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ।करिब दुईसाता पहिलेदेखि नै पूर्वीनेपालमा मनसुन सुरु भएको थियो। तर, पश्चिममा वर्षा हुन सकेको थिएन। केही दिनदेखि पश्चिमसम्मै वर्षा सुरु भए पनि मंगलबार मात्रै देशैभर मनसुन विस्तार भएको विभागले जनाएको छ।