पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी कटौती गरेकाे छ। निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाएको हो।
