रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण आज
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ। आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ। चितवनमा असार ७ देखि असार १२ सम्म भएको महाधिवेशनबाट रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए। उनले भने चितवनमै आयोगबाट शपथ लिएका थिए।महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
