नेपालगन्ज सहर, डुबानकै कहर
नेपालगन्ज : नेपालगन्जमा मंगलबार बिहान ७ बजेपछि तीन घण्टाको अवधिमा करिब १०० मिलिमिटर वर्षा भयो। ‘न्यु स्वर्गद्वारी इलेक्ट्रोनिक्स’ पसल खोल्न जाँदै गर्दा कमल बोहोरालाई समुद्र पार गरेजस्तै लाग्यो।‘सडक पूरै डुबेको थियो। पानी कम्मरभन्दा माथिसम्म आयो। कतै खाल्डोमा परिने हो कि भन्ने अर्को डर थियो,’ युवा व्यवसायी बोहोराले भने, ‘मैले यो चोकमा पसल सञ्चालन गरेको १३ वर्ष भयो, डुबानमा नपरेको कुनै वर्ष छैन।’अर्का व्यवसायी गोपालप्रसाद गिरीको भनाइ पनि उस्तै छ।
