कबाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ । आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यकाबाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ सानेपाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।
