पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले मोरङ पार्टी कार्यालय पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण
विराटनगर – पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमाले मोरङको पार्टी कार्यालय पुगेर जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गरेकी छन् । मंगलबार पार्टी कार्यालय पुग्नेबित्तिकै उनले मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेकी हुन् ।
