आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड अफ १६ मा, ब्राजिलविरुद्ध खेल्ने
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड १६ मा प्रवेश गरेको छ।डालास स्टेडियममा भएको खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै नर्वे विजयी भएको हो। खेलको पहिलो हाफमा नर्वेले आइभरी कोस्ट विरुद्ध १-० को अग्रता लिएको थियो। दोस्रो हाफमा नर्वेले १ गोल बेहोर्दै १ गोल फर्कायो। खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाको गोल मार्फत नर्वेली सुरुवाती अग्रता बनाएको थियो। यो अग्रता सहित पहिलो हाफ १-० मा सकियो।
