SHARE
अन्नपूर्ण · बुधबार १७ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

मनसुनको कहरभित्र सुशासनको रहर

भनिन्छ, दुःख बाजा बजाएर आउँदैन।तर, नेपालको हकमा बर्खे विपद् हरेक वर्ष बाजा बजाएरै आउँछ भन्न सकिन्छ।बर्खा लागेपछि खोलानालामा बाढी आउने र भिरपाखामा पहिरो चल्ने यथार्थ हाम्रा लागि नौलो होइनन्। विपद्कै कारण बर्सेनि औसत २ सय ४० नेपालीले ज्यान गुमाउने गरेको गृह मन्त्रालयकै तथ्यांक छ। सन् २०१८ देखि २०२४ सम्मका विपद्ले मात्रै करिब २३ अर्ब ६० करोड रुपैयाँबराबरको आर्थिक क्षति पुर्‍याउनुका साथै ४३ हजार १ सय ६८ पूर्वाधार नष्ट गरेको यथार्थ सबैसामु छर्लंग छ।