लाहोरमा ट्युसन सेन्टरको छत भत्किँदा १४ बालबालिकाको मृत्यु
लाहोर : पाकिस्तानको पञ्जाब प्रान्तस्थित लाहोरमा मंगलबार एउटा ट्युसन सेन्टरको छत भत्किँदा १४ जना बालबालिकाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ।घटनाको जानकारी पाउनासाथ सुरु गरिएको उद्धार तथा राहत कार्य अन्तर्गत २० जना बालबालिकालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। बीबीसी उर्दूका अनुसार कमिश्नर मरियम खानले दुर्घटनाको समयमा भवनभित्र करिब ३५ जना बालबालिका उपस्थित रहेको जानकारी दिएकी छन्। घाइते हुनेहरूमा एक जना शिक्षक पनि रहेका छन्।
