सवारीसाधन दुर्घटनामा १ जनाको मृत्यु
झापा – सवारीसाधन दुर्घटना हुँदा झापामा १ जनाको मृत्यु भएको छ । दमक नगरपालिका–७ पशुडाँडास्थित सडकमा प्र १–०२–००२ ख ०९१२ नम्बरको ट्रकले प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका–५ बस्ने ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो ।
