SHARE
पर्दाफास · बुधबार १७ असार २०८३ १२:५१ AM · 1 मिनेट पढाइ

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ ।