SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

गिट्टी–बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, २ घाइते

रुकुम पूर्व : रुकुम पूर्वमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। भुमे गाउँपालिका–६ कन्तिगानेस्थित महत–सिमखोला भित्री सडक खण्डमा मंगलबार साँझ सडकको भित्ताबाट गिट्टी–बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्को खस्दा ५० वर्षीय दलखम्ब बुढाको मृत्यु भएको हो। घाइतेलाई उद्धार गरी रुकुम पूर्व अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले बुढालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।