SHARE
पर्दाफास · मङगलबार १६ असार २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। पछिल्लो समय दोहामा इरान र अमेरिकाबीच हुन सक्ने सम्भावित वार्ताको चर्चा, चीनबाट तेलको मागमा देखिएको सुस्तता र मध्यपूर्वको द्वन्द्वमा जारी अनिश्चितताका कारण तेलको मूल्यमा दबाब परेको हो। मङ्गलबार लन्डनस्थित आईसी एक्सचेञ्जमा अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य ०.९ प्रतिशतले घटेर प्रतिब्यारेल ७२.५१ डलरमा झरेको छ।