SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब डिजिटल प्रणालीमार्फत

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी थालेको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणालीको काम अघि बढाएको हो।मन्त्रालयका अनुसार सो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ।