गुणस्तरहीन खाना खुवाउने होटल-रेष्टुरेन्टमाथि कानुनी कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले होटल तथा रेष्टुरेन्टमा दूषित वा गुणस्तरहीन खाना खुवाउने व्यवसायीमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएका छन्।मन्त्री गुरुङको निर्देशनपछि गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहितालाई प्रभावकारी बनाउन पत्राचार गरेको छ।
