SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

पूर्णखोप घोषणाको संघारमा कोशी प्रदेश

विराटनगर : कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा हुने संघारमा पुगेको छ। प्रदेशका सबै स्थानीय तह र सबै वडाले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणीकरण प्रक्रिया पूरा गरेपछि अब प्रदेशस्तरीय घोषणा मात्र बाँकी रहेको हो। तर, घोषणा नजिकिँदै गर्दा स्वास्थ्यकर्मीहरूले अझै केही बालबालिका किन नियमित खोपबाट वञ्चित भइरहेका छन् ? भन्ने महत्वपूर्ण प्रश्न पनि उठाएका छन्।