अमेरिकी दूतावासले प्रहरीलाई दियो डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण
काठमाडौं : नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरिएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रमका बीच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो।
