होटल तथा रेष्टुरेन्टको अनुगमन गरी कैफियत भेटिए कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बजार अनुगमनलाई तिव्रता दिन देशका ७७ वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएका छन् । खासगरी होटल तथा रेष्टुरेन्टहरुमा खानाको गुणस्तर स्वच्छता कमजोर रहेको गुनासो आइरहेका बेला गृहमन्त्रीले त्यसबारे चासो देखाएका हुन् । केही समयअघि चितवनको एक होटलमा बसेका बेला गृहमन्त्री स्वयमकै ब्रेकफास्टको अम्लेटमा माछाको हड्डी भेटिएको थियो ।
