अर्थ समितिले राष्ट्र बैंकलाई भन्यो- मागेको विषयमा स्पष्ट प्रतिवेदन आएन, तथ्यसहित पुनः उपलब्ध गराउनू
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले तथ्य तथ्यांक सहितका संक्षिप्त प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिइएकोमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा अपेक्षित विषय उल्लेख भएको नपाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।समितिको यही असार ५ गते बसेको बैठकले तथ्य र तथ्यांक सहितको प्रतिवेदन पेश गर्न बैंकलाई निर्देशन दिएको थियो।
