मनसुन प्रणाली आजदेखि देशभर फैलियो
काठमाडौं : यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष १२ दिन लागेको छ।नेपालमा यस वर्षको मनसुन जुन १९ मा देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको केही भू-भागमा विस्तार भएको थियो।
